धरान : सोमबारको तुलनामा मंगलबार ३ सय बढी संक्रमित थपिएका छन । 

आज मंगलबार नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो सोमबार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनामा परीक्षण गर्दा ६ सय ३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना  संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

 हालसम्म  ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।