धरान : छिमेकीको मलामी गई नुहाउने क्रममा नदीले बगाई महेन्द्र याख्खा बेपत्ता भएका छन ।

धनकुटा जिल्लाको चौबिसे गाउँपालिका -५ हंसमोरङ बस्ने ३३ बर्षीय याख्खा तमोर नदीले बगाई हिजो सोमबार ३ बजे बेपत्ता भएका थिए । बेपत्ता याख्खा अझै भेटिएका छैनन।

बेपत्ता भएका याख्खा नभेटिएको जानकारी गराउँदै खोजिकार्य भैइरहेको धनकुटा जिल्लाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले बताएकाछन ।

अधिकारीका अनुसार छिमेकीको मलामी गई नुहाउने क्रममा अचानक उक्त नदीले बगाई बेपत्ता भएको मौनबुधुक धनकुटामा प्रहरीलाई खबर आएको थियो ।

मौनबुधुक धनकुटाबाटको कमाण्डमा र सशस्त्र प्रहरी बल बेसक्याम मुलघाटको टोलिद्वारा खोजि गर्दा समेत याख्खा फेला नपरेको अधिकारीको भनाइ छ।

घटनाको छिमेकीको मलामी गएका मलामीहरु सँग छलफल गरी थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।