धरान : धरान -१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले आफ्नो जन्म दिनको अवसरमा बालबालिकालाई सहयोग गरेकाछन ।

धरान -३ स्थित सरस्वति बाल आश्रमका २८ जना बालबालिकालाई २ दिन बिहान बेलुकाको खाना र दिउँसोको खाजा र प्रति १ जोरका दरले सबै बालबालिकालाई चप्पल वितरण गरेका हुन । 

कोरोना भाइरसका कारण आश्रमका अध्यक्ष राईले सबै  बालबालिकाको चप्पलका नाप दिए अनुसार  आश्रममा नै चप्पल वितरण गरेर थिए ।

आश्रमका अध्यक्ष बल बहादुर राई,पुर्व अध्यक्ष बिकास बनेपालि ,पत्रकार गोबिन्द बस्नेत, आइडियल स्कुलका  प्रध्यानाध्यापक भरत खड्का, दन्तकाली माबीका सहायक प्रध्यानाध्यापक श्री प्रसाद कोईरालाको उपस्थितमा सहयोग गरेका हुन ।