धरान : झापाको मेचीनगर नगरपालिकाको विभिन्न स्थानबाट १९ लाख भन्दा बढीको विभिन्न किसिमका अवैध समान बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार बिहान राती १ बजेको समयमा मेचीनगर नगरपालिका १५ बाट भारतबाट नेपाल तर्फ चोरी तस्करी गरी अवैध रूपमा ल्याउँदै गरेको ओरीयन्स कम्पनीको औषधी तथा लेडिज कुर्ता सुरुवाल गरी करिब १९ लाख भन्दा बढीको समान बरामद गरेको हो ।

अवैध रूपमा बरामद भएको औषधी तथा अन्य समानहरू आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।