धरान : प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहबीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरङको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बा¥बह्रदशीमा १ महिला ३ पुरुष गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ४ सय ५४ पुगेको छ ।
प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२, कोभिड १९ आइसोलेसन केन्द्र, रंगेलीबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ६०३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ९० हजार १६५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।