धरान : पूर्वको विभिन्न ठाउँका १ सय ४ जना व्यक्तिहरूले मृत्युपछि छाला दानगर्ने घोषणा गरेका छन् ।

लायन्स क्लवअफ इटहरी सिटीकी कृष्टिना थापाको पहलमा एक हप्ताकै अवधिमा १ सय ४ जनाले छाला दान गर्ने इच्छा जनाएका हुन् । छाला दान भनेको मृत्युपछि छाती, पाखुरा,तिघ्रा ,पिँडुला र ढाडबाट पातलोझिल्लीनिकाल्ने प्रक्रिया हो । एउटा मानव शरीरबाट दान गरेको छालाबाट गहिरो जलन भएका ३ देखि ४ जना बिरामीको उपचारका लागि मद्दत गर्न सकिन्छ ।

तर छाला दान १६ वर्ष भन्दा मुनिका, एचंआईभि÷एड्स, हेपाटाइटिस , छालाको रोग भएका ,सङ्क्रमण भएर मृत्यु भएका र कमलपित्त भएर मृत्यु भएका व्यक्तिहरूले गर्न मिल्दैन । छाला दान मानिसले आफ्नो मृत्युपछिका लागि ईच्छापत्रमा हस्ताक्षर गरेर तथा मृत्युपछि परिवारका सदस्यहरूको सहमतिमा,मृत्यु भएको ६ घण्टा भित्र र बरर्फमा राखिएको शरीरमा २४ घण्टा भित्र छाला दान गर्न सकिने सदस्य थापाले बताए ।

नेपालमा विभिन्न कारणले जलन हुने बिरामीको सङ्ख्या वढदै गएका कारण लायन्स क्लब आफ इन्टरनेशनल डिस्ट्रिक्ट 325 A1 Nepal ले सन २०१८÷१९ देखि छाला दानलाई आफ्नो प्रमुख कार्यको रूपमा प्राथमिकतामा राखी अगाडि बढाएको छ । क्लबले प्रत्येक वर्ष Skin Donation/ Skin Bank Chief तथा District Chairperson मनोनयन गरेर जिम्मेवारी दिई छाला दान सम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ ।

नेपालमा स्किन भारतबाट भित्राउने गरेको छ । जसले गर्दा बढी खर्च हुने र विभिन्न कागज पत्रमा झमेला हुने गरेको छ । यही समस्याहरू न्यूनीकरण गर्न वार्षिक हजारौँको सङ्ख्यामा छाला दानका लागि इच्छा पत्रमा प्रतिबद्धता जनाउने गरेका छन् । मृत्युपछि छाला दान गर्न इच्छा हुने पूर्व क्षेत्रका व्यक्तिहरूले इच्छा पत्र भर्नका लागि लायन्स क्लब अफ इटहरी सिटिका अध्यक्ष लोकेन्द्र ढकाल ९८४२१७६५२९ वा सदस्य कृष्टिना थापा ९८०२७८२३३३ मा सम्पर्क गर्न सकिने क्लबले जनाएको छ ।