धरान : पूर्वको पर्यटकीय केन्द्र धनकुटाको भेडे टारका होटल व्यावसायीहरुले लकडाउनले व्यापार व्यवसाय चौपट्ट भएको भन्दै सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापन पत्र बुझाएका छन् ।

कोरोना भाइरसका कारण विगत ६ महिना देखीको निरन्तर बन्दका कारण व्यवसाय पूर्ण रूपमा धारासायी भएको भन्दै भेडे टारका होटल व्यावसायीहरुले भेडेटार होटल एशोसिएशनको नेतृत्वमा व्यवसाय सञ्चालन गर्न माग गर्दै हिजो धनकुटा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय धनकुटा र सरोकारवाला सबैलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलित भएका हुन ।

धनकुटा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठ र धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राईलाई होटल व्यवसाय तथा यातायात पूर्ण रूपमा सञ्चालन गर्ने वातावरण बनाई दिन माग गर्दै भेडेटार होटल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राई,महासचिव आशिष् राई,सचिव तुमराज लिम्बु ,सदस्य डम्बर लामिछानेले ज्ञापन पत्र बुझाएका हुन् ।

सरकारले होटल सञ्चालन गर्न अनुमति नदिए पनि आगामी असोज १ देखी आफै सुरक्षा विधि अवलम्बन गरी होटल व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्ने भेडेटार होटल एशोसिएनका अध्यक्ष जितेन्द्र राईले बताए । ६ महिना अघि देखी निरन्तर होटल व्यवसाय पूर्ण रूपमा बन्द हुँदा सबैभन्दा नराम्रोसँग होटल व्यवसाय प्रभावित भई चरम आर्थिक सङ्कट भोगेकोले अव जसरी भए पनि व्यवसाय सञ्चालन गर्न बाध्य भएकाले सरकारले व्यावसायीहरुलाई पनि बचाउन निश्चित मापदण्ड अपनाएर होटल व्यवसाय र यातायात सञ्चालन गर्न अनुमति दिनु पर्नेमा जोड दिएका छन् ।

भेडेटार होटल एशोसिएनले पर्यटकीय स्थल भेडेटार,नाम्जे,नमस्ते झरना लगायतका क्षेत्रहरूमा पूर्ण रूपमा यातायात सञ्चालन गर्न दिनु पर्ने र होटल पनि सञ्चालन गर्न दिनु पर्ने माग गरेका छन् ।

Gyapan-Patra-bujhaungdai-1 Gyapan-Patra 5