धरान  : सुनसरीमा धरानमा २८ जना सहित आज ४८ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा धरानमा हिजो साँझ सँगै अहिले बिहान थप २० जना गरी २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज सङ्क्रमित हुनेहरूको पूर्ण विवरण अझै आई नसकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । आज सङ्क्रमित हुनेहरू मध्ये केहीको पहिले सङ्क्रमित भइसकेकाहरूको दोहोरिएको र केही सुरक्षाकर्मी पनि रहेकोले अहिले उनीहरू विस्तृत विवरण सङ्कलन भइरहेको प्रमुख मेहेताले बताए । 

यसै गरी दुहबीमा १३ जना, इटहरीमा ५ जना र गढी गाउँपालिकामा २ जना गरी सुनसरी जिल्लामा कोरोना ४८ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

 यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १३६७ पुगेको छ भने ७६० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्लामा अहिले ५९९ जना सक्रिय कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।