धरान : मोरङको मिक्लाजुङ-३ मा रहेको कालिका सामुदायिक मावि मा सिभिल इन्जिनियरिङ विभागको सक्रियतामा 'गोरेटोमा अभियान्ता' नामक पत्रिकाको प्रकाशन सुरु भएको छ ।

बन्दाबन्दीको समयमा समेत बालबालिकालाई चलायमान बनाउने उद्देश्यका साथ संविधान दिवशको अवशर पारेर भित्तेपत्रिकाको प्रकाशन सुरु गरेको छ ।

विभागका प्रमुख इन्जिनियर सुजन खड्काले यस कार्यले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने बताए। त्यस्तै कोरोनाको त्रास र लामो समयको बन्दाबन्दीले वाल मष्तिस्कमा पर्न सक्ने नकारात्मक प्रभावलाई रोक्न र विद्यार्थीलाई साहित्यप्रति आकर्षण बढाउन पनि यस कार्यले महत्वपुर्ण भूमिका खेल्ने विभागका अर्का शिक्षक जनक खड्काले बताए।

विभागका प्रमुख इन्जिनियर सुजन खड्काको सक्रियतामा मिक्लाजुङ गाउँपालिकामा नै पहिलो पटक डिजिटल प्रविधिका माध्यामबाट हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको थियो ।

प्रविधिको प्रयोगका साथै सैद्धान्तिक र प्रयोगात्मक दुबै शिक्षण प्रणालीलाई विभागले जोड दिएको छ । देशमा दक्ष प्रविधिको अभाव खड्किरहेको वर्तमान अवश्थामा विभागको सम्पुर्ण ध्यान कालिकामा उत्पादित प्राविधिक जनशक्तिले भोलिको देश विकासमा सहयोग पुर्याउन सकोस भन्ने उद्देश्य रहेको इन्जिनियर खड्काको भनाइ छ।

विभागले वैशाख महिनाबाट नै वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन पठनपाठन पनि निरन्तर चलाइ रहेको विद्यालयले जनकारी दिएको छ । आगामी दिनमा पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिनका लागि निकै मेहेनतका साथ विभागको आफ्नै व्लग समेत निर्माण गरेको छ। यस कार्यले पहिले वहुचर्चित रहेको तर अहिले ओझेलमा परेको भित्ते पत्रिकाको महत्वलाई स्थापित गर्दै विद्यार्थीलाई सिर्जनशिल बनाउन यस्ता कार्यले ठुलो योगदान पुर्याउने देखिन्छ ।