धरान : सुनसरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

मृत्यु हुनेको सङ्ख्या सबै भन्दा धेरै धरान उपमहानगरपालिकामा रहेको छ । धरानमा धरान-१५ मा २ पुरुष, १ महिला, धरान-८ मा १ पुरुष, धरान-१७ मा २ पुरुष १ महिला गरी ७ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यसैगरी सुनसरीको रामधुनी नगरपालिकाको झुम्का कारागारका १ जना पुरुष, बर्जू गाउँपालिका वडा नं-२ का एक जना पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड-१९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार बर्जूका सङ्क्रमितको कोशी अस्पताल विराटनगरमा मृत्यु पछि कोरोना परीक्षण गरिएको थियो ।

आज इनरुवा नगरपालिका-४ की एक महिलाको मृत्यु भए सँगै सुनसरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको हो । सुनसरी जिल्लामा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या १४६४ पुगेको छ । यी मध्ये ९ जनाको मृत्यु भएको हो ।