धरान : सुनसरीमा आज १८ महिला ६ पुरुष सहित २४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार दुहबी नगरपालिकामा ४ जना, इटहरी उपमहानगरपालिकामा १८ जना र गढी गाउँपालिकामा २ जना गरी २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो संगै सुनसरीमा कोरोना सङ्क्रमितको संख्या १५६१ पुगेको छ । अहिले सम्म सुनसरीमा ९ सय ४८ जना कोरोना सङ्क्रमितले कोरोना जितेका छन् भने १० जनाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ भने ६ सय ३ जना जिल्लामा सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।