धरान : सुनसरीमा आज १२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार आज थपिएकामा धरानका ३ महिला २ पुरुष गरी ५ जना, दुहबीका १ महिला २ पुरुष गरी ३ जना, इटहरीमा २ पुरुष, बराहाका १ जना पुरुष र गढी गाउँपालिकाका १ पुरुष गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १५७३ पुगेको छ । अहिले सम्म ९७० जना निको भएका छन् भने जिल्लामा १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अहिले जिल्लामा सक्रिय कोरोना सङ्क्रमित ५९३ जना रहेका छन् ।