नेपालको नजिक भारतमा न्यून चापीय क्षेत्र रहेको कारण देशैभर मौसममा बदली तीन दिने मौसम पूर्वानुमान बुलेटिन सहित

  • आश्विन ९, २०७७
  • ५४४ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : भारतको मध्य प्रदेशको पूर्वी भू-भागमा न्यून चापीय क्षेत्र रहेको र यसकासाथै यो न्यून चापीय क्षेत्र उत्तर पूर्व सर्दै गरेको कारण देशभर मौसममा बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले देशभरको मौसममा बदली रही प्रदेश न १, प्रदेश न २, मा भारी वर्षा र बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ र प्रदेश नं २ का केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपाल सरकार

उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय 

जल तथा मौसम विज्ञान विभाग 

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) 

(जारी मितिः २०७७-०६-०९, विहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली र वाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ९ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज १० गते (शनिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुइ स्थानहरुमा मध्यम वर्षाको समेत संभावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू तथा कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश, मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानहरुमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक दुइ स्थानहरुमा मध्यम वर्षाको  समेत सम्भावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा वाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

गणितिय मौसम पूर्वानुमानमा आधारित तीन दिन सम्मको मौसमको अवस्थाका लागि तल दिईएको लिंकमा हेर्नुहोला,

http://mfd.gov.np/nwp/#/nwp/Precipitationhttp://mfd.gov.np/nwp/#/nwp/Wind

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved