धरान : धरान उपमहानगरपालिकामा बुधवार साँझ थप ३६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिईएको स्वाबको नमुनामा ३६ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १५१८ पुगेको छ भने १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले जनाएको छ ।