धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरानका १५ का एक सहित दुई जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार हिजो साँझ ७ : १५ बजे धरान १५ निवासी ६५ वर्षीय पुरुष र झापाको शिवगढी ११ का ५६ वर्षीय पुरुषको हिजो साँझ ७ : ४५ बजे मृत्यु भएको हो ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।