धरान : इलाका प्रहरी कार्यालय इटहरीले आज (शनिवार) भन्सार छली गरेर ल्याइए सुर्तीजन्य सामग्रीहरू बरामद गरेको जनाएको छ ।

इटहरी-८ पुष्पलाल चोकको भित्री सडक खण्डबाट प्रहरीले ३ बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको हो । प्रहरी टोलीले जाँचको क्रममा २ सय४५ पोका प्रतिपोका १२ प्याकेट दरले २ हजार ९ सय चालिस प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

भन्सार छली गरेर भारतबाट ल्याउँदै गरेको अवस्थामा सुनसरी हरिनगर गाउँपालिका-९ का २३ वर्षीय अरविन्द्र मेहतालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

को ३ प ८३१८ नम्बरको मोटरसाइकलमा लोड उक्त सामग्री आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा पठाएको प्रहरीले जनाएको छ ।