धरान : सोमबार दिउसो धरानमा फेरि ७९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आज थपिएका सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ हजार ७ पुगेको छ ।

शुक्रवार एन्फा क्वारेनटाइन र शनिवार लिईएको स्वाब मध्ये हिजो ९६ जना थपिएका थिए भने आज थप ७९ जना थपिएका हुन् । धरानमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बडेसँगै मृत्यु हुनेको सङ्ख्या पनि ३२ पुगेको छ ।