धरान : करिब २ महिना पछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बसेको छ ।

कार्यपालिका बैठकले धरान उपमहानगरपालिकामा विकास निर्माणको बजेटको दररेट निर्धारण गरेको छ । नेपाल खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा कार्तिक २६ गते मर्ज गर्ने निर्णय पनि गरेको छ ।

यसै गरी भेडेटारमा बन्न लागेको स्काई वकको कामलाई अगाडी बढाउन टेन्डर आव्हान गर्ने, धरानमा रहेका बीपी पार्क, सप्तरङ्गी पार्क लगायतका पार्कहरूलाई व्यवस्थित गर्ने र नेपाल सरकारको उद्देश्य अनुसार प्रत्येक वडामा ६ हजार जनसङ्ख्या रहेका वडामा टाइप १ र ६ हजार भन्दा माथिको जनसङ्ख्या भएको वडामा टाइप २ स्तरको स्वास्थ्य केन्द्रहरू स्थापना गरिनुपर्ने र बनी सकेका स्वास्थ्य केन्द्रहरूको अनुमोदन र बन्न बाँकी रहेका वडाका कामलाई चाडै अगाडी बढाउने पनि निर्णय भएको बैठकमा सहभागी धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिए ।

यसै गरी बैठकमा कोभिड १९ का लागि बीपीमा आइसोलेसन अभाव भएकोले धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको एन्फा आइसोलेसनलाई आधारभूत मापदण्ड पुरा गरेर सञ्चालन गर्नुपर्ने निर्णय पनि गरेको छ ।

यो समाचार तयार पारुन्जेल कार्यपालिका बैठक जारी रहेको थियो ।

Kareyapalika-Baithak