धरान . धरान स्पेश टाइम नेटवर्क प्रालीले ‘क्लियर टिभी’ मार्फत अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’को अनलाइन प्रिमियर सो गर्ने भएको छ ।

क्लियर टिभी प्रसारण गर्ने धरानको आधिकारिक कम्पनी धरान स्पेस टाइम नेटवर्क प्रालीले मङ्सिर १ गते भाइटिका अवसर पारेर अक्षय कुमार अभिनीत चलचित्र ‘लक्ष्मी’को प्रिमियर सो गर्न लागेको हो ।

‘हामीले हिन्दी चलचित्रका स्थानीय दर्शकलाई घरमै बसिबसी चलचित्र गर्न सहजता होस् भनेर यो सुविधा सुरु गरेका हौ’ धरान स्पेश टाइम नेटवर्क प्रालीका प्रबन्ध निर्देशक विदुर विक्रम पन्तले भने ‘ कोरोनाको महामारीमा सुरक्षित र सुलभ रूपमा रिलिज भएको चलचित्र घरमा नै हेर्न सक्ने सुविधा हामीले ग्राहकलाई दिन खोजेका हौ ।

उनका अनुसार धरान स्पेस टाइम नेटवर्क प्रा.ली. अन्तर्गत क्लियर टिभी जडान गरेका ग्राहकले एचडी च्यानल नम्बर १११ र एसडी च्यानल नम्बर ११२ बाट चलचित्र ‘लक्ष्मी’को प्रिमियर सो हेर्न सक्नेछन् ।साथै अबको प्रत्येक बलिउडी चलचित्रको रिलिज हुँदा ‘फस्ट डे फस्ट सो’ हेर्न सक्ने सुविधा समेत सुरु गरिएको छ ।

धरान स्पेसले त्यसका लागि इसेवा वा धरान स्पेसको शुल्क भुक्तानी गर्ने नियमित प्रक्रियाबाट सो गर्न रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

हलमा गएर लाइन बस्ने,रोगको जोखिम बढाउने भन्दा घरमा नै बसेर सस्तो मूल्यमा फिल्म हेर्न सक्ने सुविधा विस्तार भएपछि ग्राहकहरूले यसको पूर्ण प्रयोग गर्ने विश्वास आफूले लिएको धरान स्पेसका प्रबन्ध निर्देशक पन्तले जानकारी दिए । ‘हामीले यो सेवा धरानमा पहिलो पटक ल्याएका छौ,क्लियर टिभीका ग्राहकले यो तिहारमा अक्षय कुमारको नयाँ चलचित्र हाम्रो उपहार स्वरूप पाउने छन्’ उनले भने ।

उनका अनुसार मङ्सिर १ गते भाइटिकाको दिन पाँच वटा सो हेर्न सकिने छ । क्लियर टिभीले बिहान ९ बजे पहिलो सो,१२ बजे दोस्रो सो,तिन बजे तेस्रो सो,६ बजे चौथो सो र ९ बजे पाँचौँ सो चलचित्र रिलिज गर्दै छ । क्लियर टिभीको यो सुविधामा ग्राहकहरूका लागि अर्को फाइदा पनि जोडिएको छ पन्तले भने हामीले एउटा फिल्म हलमा गएर हेर्दा एक जनाको ३ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

अर्थात् एउटा घरमा पाँच जना फिल्म हेर्न जाँदा १५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । तर हामीले भ्याट सहित २ सय ९९ रुपैयाँमा पाँच ओटै सो हेर्न सक्ने सुविधा दिएका छौ । २सय ९९ रुपैयाँ तिरेपछि घरमा एकै पटक सबैले फिल्म हेर्न पाउँछन् ।दोर्होयार हेर्न चाहनेले पनि त्यही पैसामा हेर्न सक्ने भए । त्यसैले हामी हाम्रो ग्राहकहरूलाई दीपावलीको उपहार स्वरूप यो सुविधा दिँदै छौ ।

पन्तका अनुसार क्लियर टिभीका ग्राहकहरूले धरानको धरान स्पेश टाइम,इटहरीको पशुपति केबल,बेलबारीको मोरङ केबल नेटवर्क,इनरुवाको इनरुवा केबल नेटवर्क,गाईघाटको सिद्धी विनायक,मधु मल्लाको अग्नि केबल,लेटाङको इन्द्रेणी डिजिटल,विराट चौकको विराट केबल नेटवर्क,राजविराजको राजविराज स्पेश टाइम नेटवर्क,र विके केबलबाट क्लियर टिभीका ग्राहकले यो प्रिमियर सो हेर्न सक्छन् ।