धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा बुधवार ताप्लेजुङकी कोरोना संक्रमित युवतीको  मृत्यु भएको छ । 

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार हाल धरान ११ बस्दै आएकी ताप्लेजुङ स्थायी ठेगाना भएकी २९ वर्षीय युवतीको कोभिड अस्पतालमा उपचारको क्रममा बुधवार दिउसो १ बजे मृत्यु भएको हो ।

मृतकलाई कार्तिक २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कार्तिक ३० गते प्रतिष्ठानको कोभिड हस्पिटलमा उपचारका लागि भर्ना भएकी थिइन् । उनमा मिर्गौला रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।