धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा सप्तरीकी एक जना कोरोना संक्रमित बृद्धाको उपचारको क्रममा गए राति मृत्यु भएको छ ।

प्रतिष्ठानको सूचना केन्द्रका अनुसार सप्तरीको बोदे बर्साइन ३ निवासी ७१ वर्षीय बृद्धाको उपचारको क्रममा गए राति साढे ८ बजे मृत्यु भएको हो ।

उनलाई उपचारको क्रममा हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने हिजो नै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।