धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आफ्नो सल्लाहकार तथा स्वकीय सचिव दिलीप भट्टराईलाई प्रतिष्ठानबाट हटाएका छन् ।

प्रतिष्ठानमा पटक पटक विवादमा आएकाले गर्दा उपकुलपति गिरीले भट्टराईलाई तिहार अगाडी नै जिम्मेवारीबाट हटाएको प्रतिष्ठान स्रोतले बताएको छ । उनको ठाउँमा विराटनगरका गणेश गिरीलाई जिम्मेवारी दिइसकिएको प्रतिष्ठानका पदाधिकारीले जानकारी दिएका छन् ।

प्रतिष्ठानको कोरोना हस्पिटल निर्माण र स्वास्थ्य सामग्री खरिदमा स्थानीय ठेकेदार तथा मेडिकल सप्लायर्ससँग मिलेर चलखेल गरेको आरोप लागेपछि उपकुलपतिले बाध्य भएर स्वकीय सचिव भट्टराईलाई निकालेको बताइएको छ ।

‘आधिकारिक रूपमा दिलीप भट्टराईलाई हटाइसकेको थाहा छैन, तर उनको स्थानमा गणेश गिरी प्रतिष्ठानमा तिहार पछि हाजिरी भइसकेका छन् प्रतिष्ठान स्रोतले बतायो ।