धरान : धरान उपमहानगरपालिकामा शुक्रवार साँझ थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३४१० पुगेको छ । एन्फा क्वारेनटाइन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरानमा अहिले सम्म कोरोना कुल सङ्क्रमितको सङ्ख्या मध्येबाट २८८५ जनाले कोरोना जितेर कोभिड अस्पताल र होम आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने धरान उपमहानगर भरी ४५५ जना सक्रिय संक्रमित रहेको महाशाखा प्रमुख मेहेताले बताए । अहिले सम्म धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।