धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राई शुक्रवार काठमाडौँमा पुगेका छन् ।

धरान खानेपानी आयोजना प्रमुख इन्जिनियर राजु पोखरेललाई लिएर मेयर शुक्रवार काठमाडौँ गएका मेयर राईका स्वकीय सचिव राजुमान श्रेष्ठले जानकारी दिए ।

धरान खानेपानी आयोजनाको काम पुरा नभएकाले खानेपानी आयोजनाका विज्ञ टोली र परामर्शदाताहरू सँग छलफल गरेर धराने जनतालाई खानेपानी समस्याबाट मुक्त पार्ने प्रमुख उद्देश्यले लिएर काठमाडौँ पुगेको मेयर राईले बताए ।

धरानमा लामो समय देखि सुकुम्वासीहरूको समस्या छ । प्रदेश नं १ मा नै धरानमा धेरै सुकुम्वासीहरू रहेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगमा समेत गएर धरानका सुकुम्वासी बस्ती व्यवस्थित गर्ने बारेमा छलफल समेत गरिने उनले बताए ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले धरान उपमहानगरपालिकालाई लगत सङ्कलन गर्न सम्झौता गर्ने हस्ताक्षर गर्ने पत्राचार समेत गरेको थियो ।

धरान नगरपालिकाभित्र ६४ वटा बस्तीमा १५ हजार सुकुम्वासी रहेको र अहिले पाचकन्यालाई समेत धरान नगरपालिकामा गाभिएपछि भने ७५ वटा सुकुम्वासी बस्ती १ सय वटा इकाई समिति रहेका छन् ।

सोमबार मात्र आफू धरान आउने उनले कपुरी न्यूजलाई जानकारी दिए।