धरान: काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएका विरोधमा धरान र इटहरीमा नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ ।

धरानको महेन्द्र बहुमुखी क्याम्पस नेविसंघका कार्यवाहक सभापति दोर्चि शेर्पाको नेतृत्वमा धरानको भानुचोकमा नेता पौडेल पक्राउको विरोधमा प्रदर्शन गरेका थिए ।

नालायक, निकम्मा र भ्रष्ट सरकारको ज्यादतीका विरुद्ध प्रदर्शन गरिएको शेर्पाले जानकारी दिए ।

नेपाल विद्यार्थी सङ्घ सुनसरीले पनि इटहरीमा विरोध प्रदर्शन सहित राँके जुलुस निकालेको छ । सुनसरीको इटहरीमा भेला भएका नेबिसंघका नेता कार्यकर्ताहरूले पक्राउको विरोध गरेका हुन् ।

त्यसैगरी पक्राउको विरोधमा मोरङको पथरीमा पनि प्रदर्शन भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो ।

तनहुँको व्यास नगरपालिका-१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घण्टापछि रिहा गरिएको हो ।