झापा :  झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती गाडीभित्रै रहेको बेला उनी चढेको मे १ झ १७२ नंं को गाडी एक समूहले आज जलाउने प्रयास गरेका छन् ।

मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचे’, उनले भनिन । घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जानकारी गराएको उनले बताइन ।

गाडी जलाउन खोज्ने दुई युवाले आफूहरू नेपाल विद्यार्थी सङ्घको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उनले जानकारी दिइन ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला आज अपराह्न ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बिच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको उनले जानकारी दिइन ।

पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएको उनले बताइन ।

गाडी हुइँक्याउन खोज्दा समेत उनीहरूले मोटरसाइकल तेर्स्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन ।

तस्बीर तथा समाचार स्रोत https://loktantrapost.com/ बाट