धरान : प्रहरीले धरान-१३ बाट बेवारिसे अवस्थामा रहेको १ थान अटोमेटिक पेस्तोल, ५ राउन्ड गोली र १ थान म्यागेजिन बरामद गरेको छ

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार दिउँसो धरान १३ को मदन-आश्रित मार्गको नालाबाट बेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला परेका प्रहरीले जानकारी दिएको छ ।

स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछी इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।