इटहरी : मोरङको बेलबारी नगरपालिकाले विद्यालय सञ्चालनको तयारी थालेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको त्रासका कारण लकडाउन भए देखी विद्यालयहरू खुल्न सकेका छैनन् ।

स्थानियतहलाई विद्यालय सञ्चालन तथा बन्द गर्ने अधिकार दिएपछि विभिन्न स्थानीय विद्यालयहरू खुल्न थालेका छन् ।

मोरङको बेलबारीले नगरपालिका भने विद्यालय सञ्चालन भए सँगै सेनिटाईजर छिट्ने काम गरिरहेको छ ।

विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरूमा सङ्क्रमणको जोखिम कम गर्न  नगरका विद्यालयका सबै कक्षाकोठा, शौचालय खेल मैदान तथा विद्यालय आसपासका क्षेत्रमा स्यानिटाइजर गरिरहेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । 

Belbari School 2