विराटनगर : प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, सङ्खुवासभा, तेह्रथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा १, झापाको गौरादह र कनकाईमा १–१, भोजपुरको स्थानीय तह नखुलेको १, उदयपुरको त्रियुगामा १, सङ्खुवासभाको सभापोखरीमा १, तेह्रथुमको स्थानीय तह नखुलेको १ र इलामको माई नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ९९६ पुगेको छ ।

प्रदेश १ मा आज ३५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०, मेची अस्पतालमा २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार २४७ पुगेको छ ।

प्रदेश १ मा आज ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।