धरान : जनता समाजवादीको जनबर्गिय सङ्गठन भूतपूर्व सैनिक सङ्घ फणीन्द्र राईको अध्यक्षतामा गठन भएको छ ।

जनता समाजवादी धरान उपमहानगर समितिको कार्यालय शान्ति पथमा भएको भेलाले फणीन्द्र राईलाई धरान उपमहानगर समितिको अध्यक्षमा चयन गरेको हो ।

सो भेलाले १३ सदस्यीय धरान उपमहानगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जसबहादुर याक्खा,सचिवमा रामकाजी राई, सहसचिवमा महावीर राई, कोषाध्यक्षमा गोपाल राई र सदस्यहरूमा सिंहराज राई पुण्यप्रसाद राई तेजबहादुर जिमी, दुर्गा चेम्जोङ, नरेन्द्र चेम्जोङ, गङ्गाबहादुर राई रोमन गुरुङ र बिन्द्र कुमार राई रहेका छन् ।

जनता समाजवादीका केन्द्रीय सदस्य भीम राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नगर अध्यक्ष ताजुप लिम्बू उपाध्यक्ष कृष्ण राई बिणा पुमा राई सचिव हेमराज जिमी याक्खा लगायतको उपस्थिति रहेको थियो ।