पार्टी एकता अझै सम्भव छ : उपप्रधानमन्त्री पोखरेल

  • पुष २९, २०७७
  • १९९ पटक पढिएको
  • कपुरी न्युज
alt

 झापा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले नेकपा सारमा विभाजन भइसकेको बताएका छन् । कानुनतः विभाजित नभए पनि सारमा विभाजित भइसकेको नेता पोखरेलको भनाई छ ।

नेकपा झापाले बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले दुई सर्त पुरा भए अझै एकताको सम्भावना रहेको बताएका छन् ।

भेलामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता गर्नुपर्ने र वैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरेर आएमा एकता हुन सक्ने धारणा राखेका छन् ।

पार्टी विभाजनमा प्रचण्डभन्दा धेरै दोष माधव नेपालको रहेको भन्दै नेता पोखरेलले प्रचण्ड विगत देखिनै ठिक नभएको टिप्पणी गरेका छन् ।

भेलालाई सम्बोधनका क्रममा पोखरेलले केपी ओली नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरेका छन् । उनले आधिकारिक पार्टीले नै सूर्य चिन्ह पाउने बताए ।

उनले कार्यकर्तालाई पार्टी आधिकारिकता र सूर्य चिन्हका बारेमा धेरै चिन्ता लिन नपर्ने बताएका छन्

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved