प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिए, कोरोना जित्नेको संख्या २९,३७२ पुग्यो

  • पुष २९, २०७७
  • ६८ पटक पढिएको
  • कपुरी न्यूज
alt

विराटनगर : प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र बिर्तामोडमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा १–१, भोजपुरको भोजपुर नगरपालिका, तेह्रथुमको म्याङ्लुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४९ पुगेको छ।  प्रदेश १ मा आज ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरू सबै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार ३७२ पुगेको छ ।

प्रदेश १ मा आज ५७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १३ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved