धरान : धरानको घण्टाघर पछिल्लो समय भेटघाट गर्ने, घुम्ने, फोटो खिच्नेहरूका लागि लोकप्रिय स्थल बन्दै गएको छ ।

धरानको व्यस्त मुख्य चौक भानुचौकैमा रहेको घण्टाघरमा आफ्नो आफन्तहरूको मुख्य भेटघाट गर्ने थलो बन्दै गएको छ । त्यहाँ रहेको सानो चमेना गृहले गर्दा घण्टाघरमा भेटघाटका लागि आउनेहरूलाई चिया र खाजाका लागि सजिलो भएको छ । यसले गर्दा जो कोही पनि धरानको भानुचौकमा भेट्नु पर्‍यो भने घण्टाघरमा भेटौँ भन्ने गरेका छन् ।

धरान आई पुग्ने जो कोहीका लागि घण्टाघर आकर्षणको केन्द्र बन्दै गइरहेको छ । घण्टाघर भित्रको फूलबारी बगैचासंगै रहेको भूकम्प स्मारकमा फोटो खिच्नेहरूको भिड लाग्ने गरेको छ । घण्टाघरमै रहेको गणेश मन्दिरमा पूजा आज गर्न आउनेहरूको साँझ बिहान चहलपहल हुने गर्दछ ।

घण्टाघरमा प्रवेश गर्ने र अगाडी चौतारामा बस्ने र चमेना गृहमा खाजा खान आउनेहरूलाई भने शुल्क लाग्दैन । फूलबारी घुम्न र घण्टाघरमा चढ्नका लागि भने शुल्क लाग्ने घण्टाघरका सुपरभाइजर केशव न्यौपाने बताउँछन् ।

Dharan Ghanta ghar park 123

उनका अनुसार लकडाउन खुले पछि अहिले घण्टाघरमा दैनिक ५० देखि २ सयको हाराहारीमा मानिसहरू घुम्न र घण्टाघरमा चढेर धरानको दृश्य हेर्न आउँछन् ।

धरान हङकङ मञ्चद्वारा निर्माण गरिएको घण्टाघर धरानको मुख्य र व्यस्त चौकको मुख्य भेटघाट गर्ने र एकै छिन भए पनि मनोरञ्जन गर्ने थलोकोरुपमा पछिल्लो समय हुन थालेको छ ।

घण्टाघर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं धरानका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले घण्टाघरमा लाइबेरी र शौचालय अति आवश्यक देखिएको तर, जग्गा अभावमा बनाउन नसकेको बताए ।

धरानको अति व्यस्त चौक भानुचौकमै रहेको घण्टाघर एउटा व्यस्त सहरको बिचको बिसौनी भएको छ । कोरोना महामारी पछि तङग्रिदै गरेको पर्यटनसँगै धरानको घण्टाघरमा पनि पछिल्लो समय चहलपहल बढ्न थालेको छ ।