झापा : उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रवर्द्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबरग्राम’ घोषणा भएको छ ।

जी.पी. फाउण्डेशनले आज आदर्श नमुना सामुदायिक बन बुद्धशान्ति-३ मा आयोजित एक समारोहका बिच रबरग्राम घोषणा गरिएको हो ।

फाउन्डेसनका झापा अध्यक्ष बुद्धिराज न्यौपानेका अनुसार केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाको प्रमुख आतिथ्यमा सो घोषणा गरिएको हो ।

सोही कार्यक्रमका बिच उत्कृष्ट रबर किसान तथा संस्थाहरूलाई सम्मान पनि गरिएको हो ।