धरान : धरान उपमहानगरपालिकाको आठौँ नगर सभा तीन घण्टा ढिलो सुरु भएर फागुन २१ फेरी बस्ने गरी स्थगित भएको छ ।

नगर सभा सुरु हुन पूर्व धरानमा खानेपानी समस्यालाई लिएर केही वडाका जनप्रतिनिधिहरूको नेतृत्वमा नारा जुलुस भएपछि नगर सभाको उद्घाटन समारोह ढिलो भएको हो ।

दिउँसो १ बजेको लागि नगर सभा आह्वान गरिए पनि खानेपानीको विवादले गर्दा समयमा सुरु हुन सकेन । मेयर तिलक राईले आन्दोलित नगरबासीहरुलाई सम्बोधन गरेर फागुन २१ गते भन्दा अघि नै खानेपानी संस्थान बोर्डमा गाभ्ने र पानी एकद्धार प्रणालीबाट सहजरुपमा वितरण गर्ने प्रतिबद्धता जनाए पछि खानेपानी समस्या समाधानको माग गर्ने नगर बासीहरू घर फर्किएका थिए ।

त्यसपछि सुरु भएको नगर सभाको उद्घाटन प्रदेश १ का सभामुख प्रदीप भण्डारीले गरेका थिए । सभामुख भण्डारीले सम्बोधन गरेपछि नगर सभा फागुन २१ गतेसम्मको लागि स्थगित भएको हो ।

Nagar-sabha.jpg-1