ताप्लेजुङका भरतमणि पौडेल बने 'कमेडी च्याम्पियन २' को विजेता

  • आश्विन ३, २०७८
  • ५०७ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन २ को विजेता बनेका छन् । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै भरत विजेता बनेका हुन्।

विजेता बनेका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै विक्की अग्रवाल दोस्रो बन्दा सन्तोष थापा तेस्रो बने ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाएका थिए ।

कान्तिपुर टिभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट प्रसारण हुँदै आएको कार्यक्रमका निर्णायकमा हास्य कलाकारहरू सन्तोष पन्त र मनोज गजुरेल, चलचित्र निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए।

कमेडी च्याम्पियनको गएको संस्करणमा हिमेश पन्त विजेता भएका थिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved