धरान : झापाको मेचीनगर नगरपालिका-४ राईसिंगबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा सोही स्थानका १८ वर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।