धरान : धरान-१३ स्थित कृषि बजारमा २ दिनमा ३ करोड बराबरको खसी बोकाको कारोबार भएको छ ।

कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले दिएको जानकारी अनुसार दशैको मुखको बजार असोज २२,२३ गते बिहीबार र आज शुक्रवार गरी जम्मा २,६१० वटा खसी बोकाको कारोबार भएको र त्यसको औसत मूल्य ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Khasi-boka

कोरोना महामारीको कारण बन्द रहेको कृषि उपज बजार स्थल खुलेको ३ साताको अवधिमा ६ हजार २ सय १९ वटा खसी बोका बिक्री भएको र जम्मा ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको कृषि उपज बजार स्थल धरानले जनाएको छ ।

यस बजारमा विशेष गरी पूर्वी पहाडी जिल्लाहरू भोजपुर,सङ्खुवासभा,खोटाङ, तेह्रथुम,धनकुटा,उदयपुर, पाँचथर ,सुनसरी बाट बढी खसी बाख्रा आउने गरेको छ ।

लकडाउन का कारण औपचारिक रूपमा बजार नखुल्दा कृषक लाई धेरै समस्या भएकोमा अहिले आएर असोज पहिलो साता बाट खसी बजार खुलाए पछि कृर्षकलाई पनि सहज भएको छ ।

Khasi-boka-4

यहाँबाट खसी बोका प्रदेश १ र २ का मुख्य सहरहरू र काठमाडौँ सम्म निर्यात गर्ने गरिएको छ । यो बजार प्रदेश न. १ को खसी बजारको नमुनाको रूपमा बिकसित भएको र आर्थिक गतिविधि पनि वृद्धि भएको व्यवस्थापक भट्टराई बताउँछन् ।

कृषि उपज बजारमा धरान उपमहानगरपालिकाको सहयोगमा बजारबाट नै निर्यातका लागी खसी बोकाको निरोगीताको प्रमाणपत्र जारी गरी गर्ने व्यवस्था मिलाए पछि ब्यपारी कृषकलाई सहज भएको छ । दसैँ नजिकिएसँगै धरानको कृषि उपज बजार स्थलमा खसी बोकाको कारोबार पनि ह्वात्तै बढेको छ ।

Khasi-boka-6

खसी बोका को बजार विशेष गरी दसैँ तिहारको बेला बढी खरिद बिक्री हुने गरेकोले अब दसैँ नजिकिए सँगै खरिद बिक्री पनि बढ्ने गर्छ । ।

टाढा टाढाका जिल्ला बाट खसी बोका बिक्रीका लागी आउने किसानहरूलाई बजारमै सशुल्क सुत्ने बेड तथा पानी बत्ती,काटा ,सिसिटिभी,रिफे्रस सेन्टर को व्यवस्था पनि गरिएको छ । भने खसी बोका थुन्ने घरको पनि नि:शूल्क व्यवस्था गरिएको छ ।

Khasi-boka-5

कृषि उपज बजार स्थलमा पाँचथरको ओयामबाट खसी बोका बिक्रीका लागि आई पुगेका खसी बोका व्यापारी पारस राईले यसपटक कृषि उपज बजार स्थलको खसी बोका बजार खुलेर कृषक र व्यापारीलाई निकै ठुलो राहत पुगेको बताए । यहाँको खसी बोका बजार निकै व्यवस्थित भएको किसान र व्यापारीले बताए ।

Khasi-boka-1 Khasi-boka-2 Khasi-boka-3