धरान : इटहरीबाट ३ केजी यार्सा गुम्बा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार इटहरी उप–महानगरपालिका वडा नं.६ धरान लाइनमा दुर्लभ वनस्पति यार्सागुम्बाको कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रादेशिक अनुसन्धान समूह (आरआइटी) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २ जनालाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।

पक्राउ पर्नेमा जिल्ला खोटाङ रावावेशी गाउँपालिका वडा नं.४ बस्ने वर्ष २७ को समीर गुरुङ र जिल्ला सङ्खुवासभा चैनपुर नगरपालिका वडा नं.४ बस्ने वर्ष ३२ को श्याम कुमार लिम्बु रहेका छन् ।

उनीहरूले वोकेको जेब्रा झोला खान तलासी गर्दा झोला भित्र रातो २ वटा र हरियो १ वटा कागजको (बजारे) झोलामा पोको पारेको अवस्थामा दुर्लभ वनस्पति यार्सागुम्बा ३ के.जी. फेला परेको थियो ।

यार्सागुम्बा बरामद गरी उनीहरूलाई आवश्यक कारबाहीको लागि तरहरा सब डिभिजन वन कार्यालय तरहरा पठाइ थप अनुसन्धान भइरहेको छ ।