धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विजय दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको सहभागिता रहेको थियो । कार्यक्रममा उपकुलपति डा.ज्ञानेन्द्र गिरी ,रेक्टर डा.गुरु प्रसाद खनाल ,अस्पताल निर्देशक डा.गौरी शङ्कर साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष डा.अरुण कुमार सिंह, रेक्टर डा.गुरु प्रसाद खनाल, डा.मधुर बस्नेत, विष्णु चापागाईँ लगायतले बीपीको समसामयिक विषय बस्तुमा केन्द्रित रहेर आ आफ्नो धारणा राखेका थिए ।