विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, बुढीगंगामा ७, सुन्दरहरैचामा ५, कटहरीमा ३, केराबारी, मिक्लाजुङ, बेलबारी, कानेपोखरी र लेटाङमा १-१, सुनसरीको इटहरीमा ५, इनरुवामा ३, धरान, दुहबी र गढीमा २-२, रामधुनी र वराहक्षेत्रमा १-१, इलामको इलाम नगरपालिकामा २, झापाको दमक, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७३ महिला र ७१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।