धरान : धरान उपमहानगरपालिकामा कोरोना विरुद्धको खोप भेरोसेलको दोश्रो मात्रा मङ्सिर २ र ३ गते लगाइने भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार मङ्सिर २ गते वडा नं १ देखि १० सम्म र १६ नं वडामा भेरोसेल खोपको दाम्रो मात्रा लगाइनेछ । यसै गरी मङ्सिर ३ गते वडा नं ११ देखि १५ र वडा नं १७ देखि २० सम्म दोश्रो मात्राको भेरोसेल खोप लगाउने कार्यक्रम सञ्चालन हुनेछ ।

बिहान १० बजे देखि दिउसो ४ बजे सम्म सञ्चालन हुने सो खोप अभियानमा यस पटक धरानमा ९ हजार डोज खोप धरान उपमहानगरपालिकालाई उपलब्ध भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।