इटहरी : इटहरीमा भोलि र पर्सि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो खोप लगाइने भएको छ ।

इटहरी अस्पताल, खनार स्वास्थ्य चौकी, एकम्वा स्वास्थ्य चौकी,पकली स्वास्थ्य चौकी र हाँसपोसा स्वास्थ्यचौकीमा यस अघि भेरोसिलको पहिलो खोप लगाइसकेकाहरूलाई खोप लगाइने भएको हो ।

इटहरी अस्पताल अन्तर्गत २ नम्बर वडा कार्यालय,आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ३, सामुदायिक अस्पताल वडा नम्बर ४,आधारभूत स्वास्थ्य केन्द्र इटहरी ५ काब्यवाटिका, किराँत राई याखोख्खा भवन इटहरी ६, आधारभूत स्वास्थ्य केन्द्र इटहरी ७ र आधारभूत स्वास्थ्य केन्द्र इटहरी ८ मा खोप लगाइने इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि भेरोसेल अर्थात् वोलिचालीको भाषामा चाइनिज खोप लगाएका व्यक्तिहरूलाई नजिकको खोप केन्द्रमा खोप कार्ड सहित सम्पर्क गर्न इटहरी उपमहानगरपालिकाले आग्रह गरेको छ ।