धरान : धरान-५ देउरालीका २४ वर्षीय अनम राईलाई नियन्त्रित औषधी सहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ६ बजे अस्थायी प्रहरी पोस्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४,२५० ट्याब्लेट र स्पास्पेइन ४३०० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी झापाको कनकाई नगरपालिका-७ बिरिङबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान ३ का २८ वर्षीय सुप्रकाश राई रहेका छन् । हिजो बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।