इटहरी : नेपाली काँग्रेस सुनसरी जिल्ला अधिवेशनको निर्वाचनमा फर्जी मत हाल्न खोज्दा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ पक्राउ परेका छन् । धरानका-१५ का क्षेत्रीय प्रतिनिधि भवानी ओझाको नामको मत आफै हाल्ने प्रक्रिया मिलाउँदै गर्दा उनी पक्राउ परेका हुन् ।

ओझा आफ्ना बुबाको निधन पछि किरियामा रहेका बेला तामाङ आफैले मत हाल्न खोजेका थिए । सोही क्रममा धरान-१५ का क्षेत्रीय प्रतिनिधि सन्दीप सुवेदी र अर्का क्षेत्रीय प्रतिनिधि राजेश अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।

तामाङ सुनसरी क्षेत्र नम्बर १ का नवनिर्वाचित सभापति हुन् । संस्थापन इतर प्यानलका उनी सुनसरी सभापतिमा केदार भण्डारीको पक्षमा छन् । सुनसरीमा संस्थापन पक्षका सञ्जय श्रेष्ठ र इतर पक्षका भण्डारी बिच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।