विराटनगर : धरानमा ३ जना सहित प्रदेश १ मा ३४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९, जहदामा ३, पथरीशनिश्चरे, रंगेली, लेटाङ र ग्रामथानमा १-१, झापाको बिर्तामोडमा ३, बाह्रदशी, शिवसताक्षी र झापा गाउँपालिकामा १-१, सुनसरीको धरानमा ३, इटहरी र इनरुवामा १-१, धनकुटाको धनकुटा नगरपालिका र सङ्खुवासभाको खाँदवारिमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।