धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरूलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ। नगर क्षेत्रका १४० पशुपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो। विद्युतीय माध्यमबाट चल्ने सो चापकटर गाई बस्तुलाई दिइने घाँस टुक्राउन उपयोगी मानिन्छ।

नगरपालिकामा मंगलबार औपचारिक कार्यक्रम गरेर कृषकहरूलाई च्यापकटर हस्तान्तरण गरिएको छ। कार्यक्रममा छुटेकाहरूलाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरूलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा च्यापकटर प्रदान गरेको नगरप्रमुख परशुराम नेपालले बताए । कृषि पेसालाई समय अनुकूल यन्त्र उपकरणको प्रयोगबाट सहज र सरल बनाउन नगरपालिकाले सहयोग गर्दै आएको भन्दै नगर प्रमुख नेपालले आगामी दिनमा पनि कृषकहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

कार्यक्रममा नगरपालिकाका उप-प्रमुख मञ्जु अधिकारी, वडा नं.१ का वडाध्यक्ष टेकबहादुर गुरुङ लगायतले च्यापकटरको प्रयोगबाट कृषकहरूलाई निकै सहज उङ्ने विश्वास व्यक्त गरे। सो अवसरमा च्यापकटरका बारेमा जानकारी दिँदै, प्रयोग गर्ने तरिका पनि कृषकहरूलाई जानकारी गराइएको छ । च्यापकटरबाट घाँस काट्न छिटो, छरितो र सरल उङ्ने भएकाले निकै उपयोगी उङ्ने कृषकहरू बताउँछन् ।

सो च्यापकटरको बजार मूल्य प्रतिगोटा करिब ३५ हजार छ। नगरपालिकाले लाखौँ रकम खर्चेर कृषकहरूलाई अनुदानमा च्यापकटर दिएको हो। महालक्ष्मी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकहरूलाई सहयोग गर्दै आएको छ।