विराटनगर : धरानमा १६ जना सहित प्रदेश १ मा २७२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११९, बुढीगंगामा १३, सुनबर्षी र बेलबारीमा ३-३, उर्लाबारी र सुनबर्षीमा २-२, कटहरी, धनपालथान र रतुवामाईमा १-१, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जू र दुहबीमा १-१ र स्थानीय तह नखुलेका ३, झापाको मेचीनगरमा २०, बिर्तामोडमा ५, भद्रपुर र कनकाईमा २-२, अर्जुनधारा र दमकमा १-१, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १-१ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ५९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।