उद्योग बाणिज्य संघ इटहरीको  निर्वाचन नजिकिदैँ जाँदा चुनावी सरगर्मी बढेको छ । आगामी असार १४ गते हुन लागेको उद्योग बाणिज्य संघ इटहरीको चुनावका लागि अहिले उमेउम्मेद्वारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । यसैक्रममा उद्योग बाणिज्य संघ इटहरीको चुनावमा अध्यक्षका प्रत्यासी शैलेस कुमार विष्टसँग कपुरीकर्मी विवेक विवश रेग्मीले चुनाव केन्द्रीत रहेर गरेको कुराकानी : 

चुनावको तयारी कसरी गरिरहनुभएको छ ?
चुनाव आउदो असार १४ गते निर्णय गरेका छौँ । असार १२ गते साधारणसभा र भवनको उद्धघाटन राखिएको छ । व्यवसायीहरु इटहरीका २० सै वडामा छरिएर रहनुभएका कारणले व्यवसायीहरुका घरदैलोमा हाम्रा एजेण्डाहरु लिएर पुग्नुपर्ने भएकाले र हामीले अब गर्ने कार्ययोजना लिएर व्यवसायीमाझ पुगेका छौँ ।
यो व्यवसायीको छाता संगठन उद्योग बाणिज्य संघ भनिएको छ तर व्यवासायीहरुले चैँ अलिकति राजनीतिकरण भयो भन्ने छ नि ?
म पनि कतैकतै ती कुराहरु सुन्नमा आएका छन्, तर म स्पष्ट रुपमा के भन्न चाहन्छु भने, यो कुनै राजनीतिक दलको चुनाव हैन । यो विशुद्ध व्यवसायीहरुको संगठन हो यसमा राजनीतिकरण गरिनु हुँदैन । यसमा व्यवसायीको हकहितका लागि हामी काम गर्ने संस्था भएको कारणले गर्दा राजनीति भन्दा माथि उठेर व्यवसायीहरुले आफ्नो आत्मसम्मानको रक्षा गर्दै व्यवसायीक पक्षलाई निर्वाचनमा भाग लिनु पर्छ र मतदान गर्नुपर्छ भन्ने मेरो आह्वान छ । म बिशुद्ध राजनीति भन्दा बाहिर रहेर चुनाव लडेको बताउँन चाहन्छु ।
यहाँको अध्यक्षको उमेद्धारी रहेको छ, यहाँले जित्ने आधार के–के छन् ?
म एउटा उमेद्धार शैलेस कुमार बिष्ट । मैले बरिष्ठ उपाध्यक्ष र कार्यवाहक अध्यक्ष भएर यो तीन बर्षे कार्यकाल चलाउने अवसर पाएँ । मैले व्यवसायको पक्षमा धेरै काम गरेको छु । यो शैलेस विष्ट उठेको हैन, इटहरीको सिंगो व्यवसायको प्रतिनिधित्व गरेर उठेको हो । यो चुनावमा व्यवसायीको आत्मसम्मान सँग जोडिएको छ । व्यवसायीले नै मलाई उत्पीडित गरेर व्यवसायीको माझबाट उठाइएको हो । तसर्थ, मलाई विश्वास छ व्यवसायीले मलाई पक्का पनि भोट दिनुहुनेछ ।

बर्तमान बरिष्ठ उपाध्यक्ष हुँदै गर्दा र कार्यवाहक अध्यक्ष तीन बर्षसम्म चलाउँदै गर्दा यहाँले गर्नुभएका महत्वपूर्ण कामहरु के–के हुन् ?
मैले यो तीन बर्षे कार्यकालमा मैले कार्यवाहक अध्यक्ष हुने अवसर पाएँ । र, उद्योग बाणिज्य संघको इतिहासमा नगरिएका महत्वपूर्ण हामीले कामहरु गरेका छौं । यो अधुरो रहेको भवन, जून ९ बर्ष अगाडि सिलान्याश भएको थियो । उक्त भवनलाई सम्पन्न गर्ने अवसर प्राप्त भयो । हामीले यो भवनलाई पूर्ण रुपमा सम्पन्न गरिसकेका छौं । यसैगरी इटहरी र इटहरी आसपासका क्षेत्रमा सोलार लाईट ६० वटा जडान गरेका छौ । सीसी क्यामेरा नाइट भिजन सहित ८ वटा जडान गरिसकेका छौ । आन्तरिक राजश्व कार्यालय सेवा केन्द्र इटहरीमा उद्योगी व्यवसायीलाई करसँग नजिक बनाउन हेल्प डेक्स निःशुल्क रुपमा व्यवस्था गरेका छौं । व्यवसायीलाई काम गर्न सरल होस्, सजिलो होस् भन्ने हिसावमा हामीले कर्मचारी राखेका छौं । जस्तै : निःशुल्क रुपमा व्यवसायीहरुका समस्या, व्यवसायीहरुका नयाँ दर्ता गर्न जानलाई उहाँले फारम भर्दिने देखि आन्तरिक राजश्व कार्यालयमा सम्पूर्ण गतिबिधि सेयर गर्न राखेका छौं। अनि हामीले महत्वपूर्ण काम इटहरी उपमहानगरपालिकाले आर्थिक विधेयक २०७५ मा व्यवसायीहरुलाई अवैज्ञानिक ढंगले कर लगाएको थियो । यसमा उद्योग बाणिज्य संघले आवाज उठाएको थियो । हामीले ज्ञापन पत्र लिएर उपमहानगरपालिका गएका थियौँ । र, हामीले नै उक्त कर व्यवसायीक करको बिषयमा वैज्ञानिक ढंगबाट बर्गीकरण गर्यौ । साना व्यवसायीलाई थोरै कर र मझौला व्यवसायीलाई थोरै मझौला करको हामीले बर्गीकरण गर्यौँ । जसले अहिले व्यवसायीहरुलाई ठूलो करको मारबाट हामीले बचाउँन सकेका छौँ । त्यसको नेतृत्वदायी भूमिका मैले निर्वाह गरेको थिएँ । र, हामीले दिएको सुझावलाई उपमहानगरपालिकाले पनि सहर्ष स्वीकार गरेर यसलाई कार्यपालिकाबाट पास भएको थियो । यसैगरी हामीले अहिले नगरपालिकामा उल्लेख गरेका छौँ, बहाल कर । बहाल कर ठूलो समस्या छ । भाडावालले वा घरवालाले तिर्ने भन्ने । हामीले स्पष्ट नीति ल्याएका छौँ । उपमहानगरपालिकामा कर तिर्न जाँदा बहाल कर तिर्नुपर्दैन, यो घरवालाले तिर्ने हो, यो पनि म सम्पूर्ण व्यवसायीलाई यसै कपूरीन्यूजमाफर्त जानकारी गराउन चाहन्छु । इटहरीमा आएका ठूला बाढीका घटना, प्राकृतिक घटनाको बिषयमा पनि हामीले एक महिनासम्म उद्धारमा खटेका छौँ । इटहरीलाई प्रदेशको राजधानी बनाउन आफ्नै गोजीको पैसा हालेर नेतृत्वदायी भूमिका गरेको छु । कम्तीमा अहिले इटहरी भन्ने कुरा प्रदेशले सम्बोधन गरेको छ । व्यवस्थापिका इटहरीमा आउन सक्ने सम्भावना छ ।

इटहरीमा रहेका महिला उद्यमीलाई ४६ जनालाई बिनाधितो ५ लाखसम्म ऋण उपलब्ध गराउन सफल भएका छौँ । यसैगरी इटहरीका व्यवसायीहरुलाई १ लाखसम्म ४८ जनालाई उपलब्ध गराउन सफल भएका छौँ । यसैगरी करसम्बन्धी प्रत्येक महिना हामीले कार्यक्रम गरिरहेका छौँ । यस्ता महत्वपूर्ण कामहरु हामीले गरेका छौँ ।

इटहरी व्यवसायीक केन्द्र हो, तरपनि व्यवसायीहरुले घरभाडा तिर्न नसकिरहँदा व्यवसायबाटै भाग्नुपर्ने अवस्था छ । यो अवस्थामा यहाँको नेतृत्वले समाधान गर्न सक्छ ?
वास्तवमै इटहरीलाई म प्रदेश १ को व्यवसायीक हबको रुपमा चिनाउँन चाहन्छु । इटहरी अहिले बढ्दै गरेको शहरीकरणतिर अगाडि बढिरहेको छ । यहाँ व्यवसाय गर्नलाई विभिन्न क्षेत्रबाट लालायित भएर इटहरीमा आउनुभएको छ भने केही व्यवसायीहरु विस्थापित भएर यहाँबाट पलायन पनि भएको हामीले महसुस गरेका छौँ । यसपालिको कार्ययोजना मैले के ल्याएको छु भने केही विज्ञ समूहहरुलाई उद्योग बाणिज्य संघले राख्नुपर्छ । हामी आफ्ना व्यापार व्यवसायमा उत्कृष्ट होलाउँ । हामीलाई सम्पूर्ण व्यवसायमा ज्ञान नहून सक्छ । हामीले विज्ञ समूहलाई हायर गरेर, विज्ञ समूहले अहिलेको व्यापार व्यवसाय किन घट्दो छ ? के कारणले प्रभाव पारिरहेको छ, इटहरीलाई व्यवसाय गर्नलाई भन्ने खालको विज्ञ समूहले अध्ययन गरेर उक्त प्रतिवेदन दिनुहुन्छ उक्त प्रतिवेदनको आधारमा हामीले कहाँ चैँ लविङ गर्नुपर्ने हो, हामीले त्यो लविङ गर्न तयार छौँ । व्यवसायीहरुलाई के आग्रह गर्न चाहन्छु भने घरवालाले बहाल कर तिर्नुपर्ने र प्रत्येक दुई बर्षमा १० प्रतिसत भाडा बढ्ने एग्रिमेन्ट पत्रमा हामी त्यसको रोहबरमा बसेर काम गर्नेछौँ ।
यहाँले अध्यक्षको उम्मेद्वारी किन र व्यवसायीले तपाईँलाई नै मत दिने आधारहरु भन्दिनुहोस् न ?
सबैभन्दा पहिलो कुरा म इटहरीमा २७ बर्ष अगाडिबाट व्यापार व्यवसाय गर्दै आएको हुँ । म इटहरीमा जन्मेको हुँ । मेरो इटहरीमा धेरै साथीहरु छन् । इटहरीका करीब ९० प्रतिसत व्यवसायीलाई म प्रत्यक्ष नाम लिएर चिन्छु भने इटहरीका ९५ प्रतिसत व्यवसायीले मलाई प्रत्यक्ष रुपमा चिन्नुहुन्छ । मेरो त्यो नाता छ व्यवसायीसँग । त्यो सम्बन्ध मैले आज बनाएको हैन । चुनावी माहोलमा मात्र सम्बन्ध बनाएको हैन । र, व्यवसायीको तर्फबाट म उमेद्धारी भएको हुँ । र, मलाई के विश्वास छ भने, मेरो पहिलो एजेण्डा के हो भने सधैँव व्यवसायीहरुको साथमा रहने । म व्यवसायीलाई परेको समस्यामा कुनै पनि बेला तुरुन्त पाँच मिनेटमा पुगेर, व्यवसायीको मर्म बुझेर व्यवसायीका समस्या सामधान गर्न सक्छु भन्ने एउटा म मा आत्मविश्वास छ । ती कुरा व्यवसायीले बुझ्नुभको छ । व्यवसायीका साना समस्यादेखि लिएर ठूला–ठूला समस्या सम्म तपाईँले अहिले हेर्न सक्नुहुन्छ । रुची हार्डवेयरको १४ करोडको केस, भोलन चौधरीको ८ करोडको केस, जुन कुनै स्थानीय तह र संघ संगठनले मिलाउन नसकेको समस्या मेरो नेतृत्वमा मैले त्यो समाधान गर्दिएँ । साना–साना व्यवसायीका समस्यामा म प्रत्येक दिन ईलाका प्रहरी कार्यालय पुगेको छु, म प्रत्येक दिन स्थानीय सरकारमा पुगेको छु । प्रदेश र वडा कार्यालयमा पुगको छु । ती मात्र व्यवसायीको समस्या लिएर पुगेको छु । भोलीका दिनमा पनि व्यवसायीकै माझमा रहने र पूरै समय दिएर लाग्ने प्रतिबद्धता जायर गरेर आएको छु । तसर्थ पनि व्यवासायीहरुले शैलेस कुमार बिष्टलाई मत दिएर बिजय गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, मैले सोध्न छुटाएको र तपाईँलाई भन्न मन लागेका केही कुराहरु छन् ?
म सम्पूर्ण इटहरीका उद्योगी व्यवसायीहरुलाई पुन : एकपटक नमस्कार गर्दै म शैलेस कुमार बिष्ट तपाईँहरुकै छोरा, भतिज, भाई, दाजु, यहाँहरुकै साथी । यसपालि आसन्न निर्वाचनमा उद्योग बाणिज्य संघ नेतृत्वमा अध्यक्षमा उम्मेद्वारी दिएको छु । मलाई विश्वास छ यहाँहरुले मलाई  बिजयी गराउनुहुनेछ । यहाँहरुले मन मुटुमा राखेर मलाई मत दिनुहुनेछ भन्ने विश्वास गरेको छु । र, आज यस महत्वपूर्ण मेरा बिचार राख्न दिनुहुने कपुरीन्यूज परिवार र विशेष मेरो अन्तर्वार्ता लिनुहुने भाई विवेक विवश रेग्मी ज्यूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । धन्यवाद नमस्कार ।