भोजपुर : भोजपुरमा बसले किचेर सहचालकको मृत्यु भएको छ । ट्याम्केमैयुम गाउँपालिका २ का २४ वर्षीय बिकास राईको बसले किचेर मृत्यु भएको हो ।

भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस  चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा  बस ब्याक भई किच्दा सहचालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेकोछ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।